२८ श्रावण २०८३, बिहिबार

तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु



काठमाडौं। तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका कार दुर्घटना भएको हो ।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सवार सबै ८ जनाको मृत्यु भएको हो ।