फेरि महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

फेरि महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख १२ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार भने १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आजका लागि तेजावी सुनको भाउ भने १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

साताको तेस्रो कारोबार दिन चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्