शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, ११ कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लामो समय पछि सेयर बजारमा रौनक फर्किएको छ । खुम्चिदैं गएको कारोबारमा आज सुधार आई पाँच महिना यता कै उच्च ४ अर्ब माथि गएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ ।
शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।
साथै, हिमालयन डिष्टिलरीको १७ करोड ५० लाख रुपैयाँ, आइजिआई प्रुन्डिसियलको १६ करोड २६ लाख, सोल्टी होटलको १२ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

