तपाइलाई पर्यो त रावा इनर्जीको आईपीओ ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका छन् । आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका थिए ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। जसमा ६४ हजार ३६६ जनाले मात्र १०।१० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् । जसमा ७ जना आवेदकले थप १ का दरले ११ कित्ता प्राप्त गरेका हुन् । बाँकी ११ लाख आवेदकको हात भने रित्तो भएको छ ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्ने सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको बेवसाइट: https://www.prabhucapital.com/
कम्पनीको बेवसाइट: https://nwrmap.info/company/rawa-energy-development-pvt-ltd
मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login













