८ श्रावण २०८३, शुक्रबार

नेपाल रिपब्लिक मिडियाको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजारले दिए आवेदन



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा अन्तिम दिन (जेठ ३० गते) सम्म १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार मंगलबार ५:६ बजेसम्म १२ लाख ८२ हजार ६३६ आवेदकले १ करोड ३९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्