८ श्रावण २०८३, शुक्रबार

अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको आइपीओमा बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको थियो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो । उक्त आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा।पा। ९साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिएका थिए ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत ले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आइपीओ यसरी हेर्ने सकिनेछ ।

कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट:   iporesult.cdsc.com.np/ 
बिक्री प्रबन्धकको बेवसाइटः https://www.siddharthacapital.com/


प्रतिक्रिया दिनुहोस्