९ श्रावण २०८३, शनिबार

सेयर बजारमा निरन्तर उछाल, कारोबार पाँच अर्ब नजिक, उत्साहित बन्दै लगानीकर्ता



काठमाडौं । सेयर बजारले लय समालेको छ । केहि दिन यता सेयर बजारमा उछाल आएको हो । यो साताको सुरुवात मै सेयर बजारमा हरियाली छाएको छ ।

अर्थ समितिले ब्रोकर कम्पनीको लाइसेन्स रोक्न दिएको निर्देशन फिर्ता लिने संकेनसँग लगानीकर्तामा उत्साह छाएको छ । आज समितिले छलफलका लागि बोलाएको छ । छलफलबाट ब्रोकर लाइसेन्सका साथै स्टक लाइसेन्स खुला हुने संकेतले लगानीकर्ता खुसी भएका हुन् । बजारलाई प्रतिस्पर्धा बनाउने हुदाँ लाइसेन्स खुला गर्नुपर्ने लगानीकर्ताको माग रहदैं आएको थियो ।

केहि साता मात्र अघि ६०।७० करोडमा सिमित कारोबार ५ अर्ब र १८ सय बिन्दमा रहेको परिसूचक २ हजार बिन्दुमा पुग्दा लगानीकर्ताका उत्साह छाएको छ । अब लगानीकर्ता राष्ट्र बैंकको मौद्रिक नीति कुरी रहेका छन् । लगानीकर्ताले उठाउदैं आएको माग सम्बोधन मौद्रिक नीति मार्फत हुन सके अझै बजारले .सकरात्मक गति लिन जानकारहरु बताउछन् ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबलले पनि उत्तिकै भुमिका खेल्छ । अहिले लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा सेयर बजारले गति लिएको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.२६ अकंले बढेर २०९४.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार बैंकिङ समूहको सेयर भने ०.२९ प्रतिशतले घटेको छ । अन्य १२ उपसूचकमा भने हरियाली छाएको छ ।

आज शिवम सिमेन्टको ३६ करोड ६४ लाख रुपैयाँ, आइजीआई प्रुन्डिसियल इन्स्योरेन्सको १६ करोड ९३ लाख रुपेैयाँको कारोबार भएको छ ।

आज आठ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेकोछ ।


प्रतिक्रिया दिनुहोस्