शिवम सिमेन्टको साढे ३६ करोडको कारोबार, अन्य कुन कम्पनीको कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

शिवम सिमेन्टको साढे ३६ करोडको कारोबार, अन्य कुन कम्पनीको कति ?



काठमाडौं । केहि दिन यता सेयर बजारमा कारोबारमा उच्च सुधार आएको छ । केहि साता अघि मात्र ६०।७० करोडमा सिमित काराबारे ४।५ अर्बमा पुग्न थालेका छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.२६ अकंले बढेर २०९४.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनकिो आज ३६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, आइजीआई प्रुन्डिसियल इन्स्योरेन्सको १६ करोड ९३ लाख रुपेैयाँ, सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँ, नेपाल लाइफको १६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्