सुनको मूल्य स्थिर, चाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लागातार वृद्धि भएको सुनको मूल्य आज स्थिर रहेको छ । साताको दोस्रो कारोबारको दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएकोे छ । अघिल्लो दिन (आइतबार) सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने १ लाख ११ हजार ४५० रुपैयाँ कायम रहेको छ । आइतबार सोही मूल्यमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार (आज) प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।