८ श्रावण २०८३, शुक्रबार

नेप्सेमा इङ्वा हाईड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । सोमबार ईङ्वा हाईड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको ६० लाख कित्ता आइपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारीहरु र सामुहिक लगानीकोषको लागि निष्काशन गरेको कुल १८ लाख कित्ता र कम्पनीको संस्थापक सेयरधनीहरुको लागि ४२ लाख कित्ता गरेर कुल ६० लाख कित्ता आइपीओ निष्काशन गराएको हो ।

अब कम्पनीको सेयर धितोपत्र बजारमा भोलीबाट कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि प्रतिकित्ता ९७ रुपैयाँ २९ पैसा देखि २९१ रुपैयाँ ८७ पैसा ओपन रेञ्ज तोकेको छ । कम्पनीको सिम्बोल आईएचएल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्