युनिक नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट, १५८ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४अकंले घटेर २०९१.३९ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।
युनिक नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता १५० रुपैयाँ ९० पैसाले घटेर १ हजार ३५८ रुपैयाँ ७० पैसा पुगेको छ ।
साथै, पन्चकन्या पावरको ७ प्रतिशत, अभियान लघुवित्तको ५.९० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ५.८५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

