१९ श्रावण २०८३, मंगलबार

धिताेपत्र बाेर्डले रोक्यो घोराही सिमेन्टको आइपीओ



काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोेराही सिमेन्टको सार्वजनिक निष्काशन कार्य स्थगन गरिदिएको छ । घोराही सिमेन्टले कुनै आधार बिना आइपीओ भर्ने म्याद थप गरेकाले हाललाई स्थगन गरेको हो ।

बोर्डले कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सार्वजनिक निष्कासन रोक्न भनेको छ ।

घोराही सिमेन्टलाई प्रदान गरेको इस्यूअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए/नभएको बारेमा केयर रेटिङ्ग नेपालाई जेठ ३० गते तीन दिन भित्र स्पष्ट गरि पेश गर्न पत्रचार पनि गरेको थियो । केयर रेटिङ नेपालले हालसम्म जानकारी पेश नगरेको धितोपत्र बोर्डले जनाएको छ ।

कम्पनीले आइपीओमा माग भन्दा पनि बढी कित्ता आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको छ । सोही सन्दर्भमा बोर्डले लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर हाललाई आइपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको हो ।

यो पनि पढ्नुहोस्: