हेवाखोला साना जलविद्युतको कन्टेक र पावरहाउसमा पूर्णरुपमा क्षति, विद्युत उत्पादन बन्द
काठमाडौं । हेवाखोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडद्धारा निर्माण सम्पन्न गरी संचालनमा रहेको आयोजनाको कन्टेक तथा पावरहाउसमा असार २ गते राती आएको बाढीले पूर्णरुपमा क्षति गरे पश्चात विद्यतु बिक्री बन्द गरीएको हो ।













