समता घरेलु लघुवित्तले ३ लाख ३२ हजार कित्ता एफपिओ निष्कासन गर्ने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीको प्रबन्धपत्रमा भएको ब्यवस्था बमोजिम सेयर संरचना अनुपात ७०:३० कायम हुने गरी जारी हुन बाँकी ३ लाख ३२ हजार ८५३ कित्ता एफपिओ निष्कासन गर्ने भएको हो ।
एफपिओ निष्कासनका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल काठमाडौंलाई नियुक्त गरेको छ ।