कुमारी बैंकले पाँच अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र बिक्री गर्न निवेदन दिएको हो । जस मध्ये २० लाख इकाई सर्वसाधारण र बाँकी ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट बिक्री गरीनेछ ।
कुमारीले ‘केबीएलएम डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो । यसको अवधि १० वर्षको रहेको छ । बैंकले यस डिबेन्चरमा १० प्रतिशत वार्षिक ब्याजदर दिनेछ ।
कम्पनीको बिक्री प्रबन्धमा डिबेन्चरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।