सेयर बजारको हरियाली यात्रामा लाग्यो ब्रेक, किन घट्यो बजार ? « Arthapath.com
८ असार २०८२, आईतबार

सेयर बजारको हरियाली यात्रामा लाग्यो ब्रेक, किन घट्यो बजार ?



काठमाडौं । साताको तेस्रो दिन सेयर बजार ओरालो लागेको छ । हिजो झिनो अकंले ओरालो लागेको बजारमा आज भने भारि गिरावट आएको हो ।

बजारमा निरन्तर हरियाली आउँदा आज सामान्य करेक्सन देखिएको हो । अर्थ समितिले ब्रोकर कम्पनीको लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । बजारलाई प्रतिस्पर्धा बनाउने हुदाँ लाइसेन्स खुला गर्नुपर्ने लगानीकर्ताको माग रहदैं आएको थियो । अब बिस्तारै बढ्ने देखिएको छ ।

सोमबार लगानीकर्ताले मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गरेका छन् । लगानीकर्ताले उठाउदैं आएका माग सम्बोधन हुने नहुने अन्यौलले सेयर बजार आज ओरालो लागेको जानकारहरु बताउछन् । लगानीकर्ताले सधैका वर्षे झै एउटै माग राख्ने तर सम्बन्धित पक्षबाट सम्बोधन नहुने प्रवृत्तिले सेयर बजारमा ओरालो लागेको हो । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५६ अकंले घटेर २०६४.८३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कारोबार भएकोछ ।

मंगलबार १० उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको ०.०७ प्रतिशत, विकास बैंक समूहको १.५२ प्रतिशत, फाइनान्स समूहको ३.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज निफ्राको २० करोड ५७ लाख रुपैयाँ र शिवम सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्