अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भएको हो ।
बलिङमा नेपालका करण केसीले ४ विकेट, गुल्सन झाले ३ विकेट, ललितनारायण राजवंशीले १ विकेट लिएका थिए ।













