बझाङ कार दुर्घटना: आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहकी श्रिमती र भाउजूको मृत्यु
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको गाडी दुर्घटनामा परि उनको श्रिमती र भाउजूको मृत्यु भएको छ ।
डडेल्धुराबाट चैनपुर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडीमा दुर्घटना हुदाँ मन्त्रीकी श्रिमती अमृता सिंह र भाउजूको जयादेवी देउराको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले अर्थपथलाई बताइन ।
दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनाको थप उपचारको लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको जोशीले जानकारी दिइन् ।
गाडी एक्कासी सडकबाट करिब ५० मिटर तल कालङगा नदीको किनारमा खसेर दुर्घटना भएको थियो । १:४५ मिनेटमा बझाङको केदारस्यु गाउँपालिका–१ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवारी गाडी दुर्घटनामा परेको थियो।













