शिवम सिमेन्टको सर्वाधिक कारोबार, १२ कम्पनीको भयो पाँच करोड माथि कारोबार

काठमाडौं । साताको चौथो दिन पनि बजार ओरालो लागेको छ । लगातार तीन दिन बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अकंले घटेर २०५०.७८ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २३ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सोल्टी होटलको १९ करोड ३५ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको १६ करोड ७६ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलको १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

