नेप्सेमा एक कम्पनीको १३ लाख ८५ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्सेमा एक कम्पनीको १३ लाख ८५ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ४.४१प्रतिशत बोनस बापतको १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्