इवा खोला जलविद्युतमा बाढीले गर्यो क्षति, विद्युत उत्पादन बन्द
काठमाडौं । इवा खोला जलविद्युत आयोजनामा बाढीबाट भएको क्षतिको कारण विद्युत उत्पादन बन्द भएको छ ।
रिडी पावर कम्पनीद्धारा पाँचथर जिल्लामा संचालित ९.९ मेगावाट क्षमताको उक्त आयोजना क्षेत्रमा आएको बाढीका कारण असार १ गते दुबै युनिट बन्द भएको हो ।
आयोजनाको हेडवर्कस, हेडरेस पाइप, पावरहाउसका उपकरण तथा संरचनामा क्षती भएको कारण विद्युत उत्पादन बन्द गरिएको हो ।













