सन्दीपले लिए वेस्ट इन्डिजका किङ्सको विकेट, नेपाललाई तेस्रो सफलता
काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ ।
हरारेमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १५ ओभर ३ बलमा तेस्रो विकेट गुमाएको हो । नेपालका सन्दीप लामिछानेको बलमा ब्रान्डन किङ बोल्ड भएका हुन् ।
वेस्ट इन्डिज ५७ रन बनाउदै खेलिरहेको छ ।













