तीन दिनको ओरालो यात्रामा लाग्यो ब्रेक, नेप्सेमा झिनो सुधार, होटल र बीमा कम्पनीको सेयर चम्कियो « Arthapath.com
८ असार २०८२, आईतबार

तीन दिनको ओरालो यात्रामा लाग्यो ब्रेक, नेप्सेमा झिनो सुधार, होटल र बीमा कम्पनीको सेयर चम्कियो



काठमाडौं । लगातार तीन दिन ओरालो लागेको बजार आज भने सुधार आएको छ । साताको पहिलो दिन सुधार आएको बजार त्यस यताका तीन वटै ओरालो लागेर साताको अन्तिम कारोबारको दिन सामान्य सुधार आएको हो ।

अहिले लगानीकर्ताका मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । सोमबार लगानीकर्ताले मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गरेका छन् । लगानीकर्ताले उठाउदैं आएका माग सम्बोधन हुने नहुने अन्यौलले सेयर बजार खासै गति लिन सकेको छैन ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले केहि दिन बजारमा सुधार आएसँगै लगानीकर्तामा खुसी भने छाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७५ अकंले घटेर २०५५.५३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कम्पनकिो ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार चार उपसूचकमा हरियाली आएको छ भने नौ उपसूचकमा राताम्य भएको छ । आज होटल तथा पर्यटन समूहको ८.६५ प्रतिशत, जीवन बीमा समूहको ३.२४ प्रतिशत, जीवन बीमा समूहको २.७७ प्रतिशत र अन्य समूहको ०.७४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सोल्टी होटलको २९ करोड ६३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १५ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्