८ श्रावण २०८३, शुक्रबार

नेपाल रिपब्लिक मिडियाको आइपीओ सोमबार बाँडफाँट हुने, ९ लाख आवेदकको हात रित्तो



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट अर्का साता सोमबार (असार ११ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार अर्का साता सोमबार (असार ११ गते) मात्र बाँडफाँटको तयारी गरेको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ६३६ आवेदकले १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने भएको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ ३ लाख ६१ हजार ९८९ जना आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् । जस मध्य एक जना भाग्यमानीले १ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४।९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३६ लाख १९ हजार ८९१ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्