८ श्रावण २०८३, शुक्रबार

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब १९ करोड संकलन



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओमा १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन (असार ८ गते) साँझ ५ः६ बजेसम्ममा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुल गर्ने भएको थियो । यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।
कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्