अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपालमा, इटहरीमा पाँच तारे होटल सञ्चालन गर्ने
काठमाडौं । अमेरिकामा रहेको विंडहाम होटल्स एण्ड रिसोर्ट्स नामको अमेरिकी होटल कम्पनी विंडहाम ग्रुप इटहरीमा होटल खोल्ने सम्झौता गरेको छ ।
सम्झौतामा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेत र युरेसियाका मार्केट प्रबन्ध निर्देशक निखिल शर्माले विन्डहम होटल्स एण्ड रिसोर्ट्सले हस्ताक्षर गरेका छन् ।
बस्नेतले इटहरीमा विश्वस्तरीय ब्राण्ड ल्याउन पाउनु गौरवको विषय रहेको बताए । यसले नेपालको पूर्वी क्षेत्रका आगन्तुकहरूलाई विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ ।
त्यसैगरी शर्माले भने, सम्झौता नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै विंडहामको रमादाले ईटहरीका पाहुनालाई नेपाली परम्परागत आतिथ्यतासँगै विश्वस्तरको सेवा प्रदान गर्ने बताए । होटलमा जिम, स्पा, स्विमिङ पुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध रहने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई) का अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले ईटहरीमा यो ब्राण्डको परिचय दिएका हुन् । विन्डहम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशहरूमा ८ हजार ९ सय होटेलहरू सहित २४ ब्रान्डहरूको पोर्टफोलियो रहेको छ। साथै, ६० देशहरूमा ८५० भन्दा बढी होटलहरू भएको विन्डहम होटल्स एण्ड रिसोर्ट्सको मिडस्केल ब्रान्ड मध्ये एक रहेको दावी गरे ।
ईटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले आज नयाँ दिल्लीमा विन्डहम होटल्स एण्ड रिसोर्ट्ससँग नेपालको इटहरीमा विंडहाम होटल बाइ रमाडा खोल्नका लागि फ्रान्चाइजी सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । सन् २०२४ मा होटल खोल्ने अपेक्षा गरिएको छ र यो नेपालका धेरै व्यापारिक केन्द्र र व्यावसायिक प्रतिष्ठानहरू नजिकै अवस्थित हुनेछ। होटलमा ८० कोठा, एक दिनभरी रेस्टुरेन्ट, एक बार र लाउन्ज, एक हेल्थ क्लब, स्पा र आउटडोर स्विमिंग पूल रहेको छ । यसले भोज हल र बैठक कोठा पनि रहेको छ ।













