९ श्रावण २०८३, शनिबार

आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १० हजार २ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आजका लागि चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ । जुन गत शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्