८ श्रावण २०८३, शुक्रबार

थप साढे ४४ करोड रुपैयाँको आइपीओ आउँदैं, बोर्डले दियो दुई कम्पनीलाई अनुमति



काठमाडौं । थप ४४ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँको आइपीओ निष्कासन आउने भएको छ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डले असार ६ गते मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्टलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

मनकामना इन्जिनियरिङलाई २८ करोड रुपैयाँको आइपीओ निष्कासनको अनुमति बोर्डले दिएको हो । अब कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २८ लाख कित्ता सेयर निष्कासन गर्ने छ ।

भगवती हाइड्रोपावरलाई १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँको प्रिमियममा आइपीओ निष्कासनको अनुमति बोर्डले प्रदान गरेको हो । अब कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर जम्मा ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आइपीओ निष्कासन गर्ने छन् ।

दुबैं कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई आइपीओ निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्