८ श्रावण २०८३, शुक्रबार

१९ हजार १०६ जनाले भरे आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ३६ करोड ९७ लाख ३८ हजार ३३० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार १२ गते) साँझ ५ः५ मिनेटसम्म १९ हजार १०६ जना आवेदकले १५ लाख ६० हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले कम्पनीले असार १ गतेदेखि पहिलो चरणमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रुपैयाँ छ ।

आइपीओ अङ्कित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । सो मध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।

उक्त सेयरमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्तामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउँछन्।उक्त सेयरमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्तामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउँछन्।

कम्पनीको आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर भर्न सक्नेछन् । विदेशमा रोजगारीमा रहेका नेपालीहरुले असार १५ गते बैंकिङ्ग समयसम्म आवेदन दिनसक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गबाट उपलब्ध मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्