डिम्याट खाता नविकरण गर्न प्रभु बैंकको आग्रह

काठमाडौं । प्रभु बैंकले हितग्राही (डिम्याट) खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
बैंकका शाखा कार्यालयहरु ( साबिकको सेञ्चुरी कमर्सियल बैंक शाखा) मार्फत डिम्याट खाता खोलि धितोपत्र कारोबार गरी रहेका हितग्राहीहरुलाई नविकरण शुल्क १०० रुपैयाँ बुझाउन कम्पनीले भनेको हो ।
२०८० असार मसान्तसम्म हितग्राही खाता नविकरण शुल्क नबुझाएको खण्डमा खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।
