सानिमा बैंकको ६७ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६७ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले असार (१४ गते) ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।