८ श्रावण २०८३, शुक्रबार

५३ हजार ९५० जनाले अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर पाउने, १२ लाख भन्दा बढीको हात रित्तो



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । जसमा आवेदन दिने म्याद हिजो अर्थात असार १३ गते सकिएको हो ।

सिडिएसका अनुसार आज अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । जसमा ५३ हजार ९५० जनाले १०।१० कित्ता सेयर पाउनेछन् ।

यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यस मध्ये १० प्रतिशत (६५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत (३२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (१३ हजार कित्ता) कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्