बैंकको ६ सय अर्ब लगानी कृषिमा छ, एनएनबि बैंकले ०.५ प्रतिशत प्रिमियममा कृषि कर्जा दिन्छः सीइओ केसी

काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकले ०.५ प्रतिशत प्रिमियममा कृषि कर्जा दिने बताएका छन् । शुक्रबार ‘एनएमबि खेती कर्जा’ योजना सार्वजनिक गर्ने क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘उक्त योजनामामा आधार दरमा ०.५ प्रतिशतमा कर्जा उपलब्ध हामीले गराउछौं । नेपाल राष्ट्र बैंकले कृषि कर्जा लोन बेसरेट प्लस २ प्रतिशतमा गर्नु पर्छ हाम्रा लागि आवश्यकता छ’ केसीले भने ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्पोरेट हाउस वाहेक अरुले लोन पाउदैंन भन्ने भ्रमलाई चिर्नेका लागि भएपनि उक्त समझदारी सफल हुने केसीको तर्क थियो । उनले भने, ‘बैंकिङ्ग क्षेत्रमा अहिले खराब कुरा उठ्दै गएको छ । अहिले बजारमा कर्पोरेट हाउस बाहेक अरुले लोन पाउदैन पहुँचमा मात्र भएकाले कर्जा पाउछन् भन्ने भ्रमलाई चिर्ने हामीले खेतीसँग कृषि कर्जाका लागि सहकार्य गरेको हो ।’
खेती एपमा बीमा भएको ब्यवस्था भएको भए अझै किसानलाई गुणस्तर हुने उनले बताए । नेपाली बजारमा तरलता समस्या समाधान हुदैं गइरहेको केसीले बताए ।

साथै, अहिले करिब ६ सय अर्ब भन्दा बढी लगानी कृषिमा बैंकिङ क्षेत्रले गरेको केसीले बताए । ‘हामीलाई लोन दिन सक्ने ग्राहक चाहिएको हो, कर्जा लिएपछि तिर्न पर्दैन भन्ने भाष्य स्थापित छ । यसलाई चिर्नु जरूरी छ । बैंकले कृषिमा लगानी गर्न खोजिरहेको छ तर पाएको छैन । बैंक धेरै पर जानसक्ने अवस्था छैन’ केसीले भने ।
कृषिमा आधारित जनसंख्या ६० प्रतिशतबाट घटेर ५० प्रतिशतमा आईपुगेको केसीले बताए ।
यो पनि पढ्नुहोस्