लगातार दुई दिन सेयर बजार राताम्य, दुई हजार बिन्दुमा झर्यो परिसूचक, किन प्रभावित बजार ? « Arthapath.com
७ असार २०८२, शनिबार

लगातार दुई दिन सेयर बजार राताम्य, दुई हजार बिन्दुमा झर्यो परिसूचक, किन प्रभावित बजार ?



काठमाडौं । गत साताको अन्तिम कारोबारको दिन राताम्य भएको बजारमा आज साताको पहिलो दिन समेत सोहि निरन्तरता पाएको छ ।

बजारमा नाफा बुक गर्नेहरु वृद्धि हुदाँ बजार प्रभावित बनेको जानकारहरु बताउछन् । असार मसान्तको प्रभाव र मूल्य बढेकाले बिक्री गर्नेहरु बढ्नाले बजार ओरालो लागेको लगानीकर्ता तिलख कोइरालाले बताए । ‘असार मसान्तको प्रभाव र मूल्य बढेको बेला फाइदा सुरक्षित गर्ने लगानीकर्ता आउछन् ठूलो ठूलो कारोबार पनि कम्पनीको भयो थियो सोहि कारण पनि बजारमा असर परेको हो’ कोइरालाले भने ।

बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता र घट्दो ब्याजदर नै आगामी दिनमा बजार माथि लैजाने प्रमुख कारण हुने जानकारहरुले बताएका छन् । तरलता सहज भएसँगै सीडी रेसियो र अन्तर बैंक ब्याजदर निकै तल आइसकेको छ । सोहि कारण बजारमा सुधार तर्फ नै जाने अनुमान लगानीकर्ताहरुको रहेको छ ।

बजार आज ५३.७० अकंले घट्न पुगेकोछ । बजार ओरालो लाग्दा २२ सय नजिक पुगेको परिसूचक फेरी २०९७.२९ अकंमा आएको छ ।

आज सूचीकृत कम्पनीको एक करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ समेत कारोबार भने पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार रुपैयाँ भएको छ ।

आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको २.३८ प्रतिशत, विकास बैंक समूहको ३.४८ प्रतिशत, फाइनान्स समूहको २.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७२ प्रतिशत र हाइड्रोपावर समूहको ३.१५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज हिमालयन लाइफको ४२ करोड ५६ लाख रुपैयाँ र शिवम सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ


प्रतिक्रिया दिनुहोस्