२२४ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार रातम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा बन्द भएको छ । आज ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
आइतबार २२४ कम्पनीको सेयर मूल्य घटेको छ । श्रृजनशील लघुवित्तको ९.३२ प्रतिशत, माउन्टेन इनर्जि नेपालको ९.१२ प्रतिशत, गरिमा विकास लघुवित्तको ८.०१ प्रतिशले सेयर मूल्य घटेको छ ।














