नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको सेयर सूचीकृत, ओपनिङ्ग मूल्य कति ?

काठमाडौं । साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जर पश्चात कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको छ ।
दुई लघुवित्त मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्तको नाममा १० लाख ८२ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले १ हजार १७१ रुपैयाँ ओपनिङ्ग मूल्य तोकिएको छ ।
सोहि अनुसार सोमबारदेखि लघुवित्तको सेयर कारोबारमा आउनेछ ।