८ श्रावण २०८३, शुक्रबार

थ्रीस्टार हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, १० लाख भन्दा बढीको हात रित्तो



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भोलि अर्थात असार १९ गते हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार मंगलबार बिहान ९ः३० बजे बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ जना आवेदकले १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

गोलाप्रथाबाट बाँडफाँट गर्दा ६१ ह्जार ३१६ जनाले १०।१० कित्ताका दरले सेयर प्राप्त गर्नछन् भने भाग्यमानी थप २ जनाले १।१ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्