८ श्रावण २०८३, शुक्रबार

तपाइलाई पर्यो त थ्रीस्टार हाइड्रोपावरको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको छ ।

क्यापिटलका अनुसार आईपिओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र रहेका थिए । गोलाप्रथाबाट बाँडफाँट गर्दा ६१ हजार ३१६ जनाले १०।१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । भाग्यमानी थप २ जनाले १।१ कित्ता थप गरी ११ कित्ता सेयर पाएका हुन् ।

कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्ने सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/ 
बिक्रि प्रबन्धकको वेबसाइटः https://himalayancapital.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्