एलएलजी इन्स्योरेन्ससहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ?

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन बजार १२.७३ अंकले वृद्धि भएको हो ।
सो दिन बजार परिसूचक २०८८.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
आज २ अर्ब ५७ करोड ६१ लाख ४० हजार रुपैयाँ बराबरको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर खरिदबिक्री भएको हो ।मंगलबार चार कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । आज नागरिक लगानी कोषको सबैभन्दा धेरै १२ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको ५६ हजार ८३६ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता २ हजार १३९ रुपैयाँ कायम भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता झुम्मिएका हुन् । योसंगै मंगलबार कम्पनीको १ लाख २६ हजाजर ३७५ कित्ता सेयर खरिदबिक्री भएको छ। कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ।
तेस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको पनि ११ करोड ३३ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नेप्सेका अनुसार आज कम्पनीको २ लाख १४ हजार ५८३ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता ५२९ रुपैयाँ कायम भएको छ ।
यस्तै, शिवम् सिमेन्टको पनि ११ करोड १६ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। आज कम्पनीको १ लाख ८४ हजार १३३ कित्ता सेयर किनेबच भएको छ ।
