बोर्डले मार्केट सेक्युरिटिजलाई १० लाख रुपैयाँ जरिवाना

काठमाडौं । मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालि कारवाही परेको छ । नेपाल धितोपत्र बोर्डले मार्केट सेक्युरिटिज एक्सचेन्जले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै कारवाही गरेको हो ।
उक्त कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेको बोर्डले जनाएको छ ।
बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको हो ।