बुधबार कुन कम्पनीको कति भयो कारोबार ? « Arthapath.com
७ असार २०८२, शनिबार

बुधबार कुन कम्पनीको कति भयो कारोबार ?



काठमाडौं । मंगलबार १२ अकंले बढेको बजार फेरी आज भारी गिरावट आएको छ । बजार आज ३९.२६ अकंले घटेको हो । बजार ओरालो लाग्दा परिसूचक समेत खुम्चिदैं २०४९.४४ बिन्दुमा बन्द भएको छ ।

आज ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब सात करोड ३९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, हिमालयन लाइफको १३ करोड ९० लाख रुपैयाँ, सोल्टी होटलको ९ करोड ५७ लाख रुपैयाँ, स्वाबलम्बन लघुवित्तको ८ करोड १४ लाख रुपैयाँ र हिमालयन डिष्टीलरीको ७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्