कपिलवस्तुको जिल्ला प्रशासन कार्यालयमा सञ्चालनमा आयो राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर « Arthapath.com
१४ असार २०८२, शनिबार

कपिलवस्तुको जिल्ला प्रशासन कार्यालयमा सञ्चालनमा आयो राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले कपिलवस्तुमा एक्सटेन्सन काउन्टरको सुरुवात गरेको छ ।

लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ६५औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहका बीच शुभारम्भ गरेको हो । एक्सटेन्सन काउन्टर कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

शाखा कार्यालय तौलिहवा मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने छ । उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्