आइतबार पाँच कम्पनीको कारोबार १० करोड माथि, अन्य कुनको कति ? « Arthapath.com
७ असार २०८२, शनिबार

आइतबार पाँच कम्पनीको कारोबार १० करोड माथि, अन्य कुनको कति ?



काठमाडौं । दुई कारोबार पछि सेयर बजारमा सुधार आएको छ । निरन्तर दुई दिन घटेको बजार आज भने सुधार आएको छ ।

बजारमा आज २८.३८ अकंले घट्दा परिसूचक २०७७.७६ बिन्दुमा पुगेको छ । बजारमा सुधार आउँदा कारोबार रकम ३ अर्ब ४ करोड २५ लाख रुपैयाँको भएको छ ।

आज हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको १६ करोड ३६ लाख रुपैयाँ, सोल्टी होटलको १४ करोड ८ लाख रुपैयाँ र अरुण काबेली पावरको १२ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्