नेप्से सूचकाङ्क २०४२.०७ कायम

काठमाडौं । जेठ मसान्तसम्ममा नेप्से सूचकाङ्क २०४२.०७ कायम भएको छ । गत आर्थिक वर्षको २०७९ जेठ मसान्तमा नेप्से सूचकाङ्क १९९६.२६ रहेको थियो ।
साथै, जेठ मसान्तमा धितोपत्र बजार पँुजीकरण २९८६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । २०७९ जेठ मसान्तमा बजार पुँजीकरण २८४४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।