नेप्सेमा ३९ अर्ब ९ करोड बराबरको बोनस सेयर सूचीकृत, अन्य कति ? « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा ३९ अर्ब ९ करोड बराबरको बोनस सेयर सूचीकृत, अन्य कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा जेठ मसान्तमा सूचीकृत ७ अर्ब २८ करोड सेयरको चुक्ता मूल्य ७१८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा १७६ अर्ब १० करोड रुपैयाँ बराबरको साधारण सेयर, ४५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३९ अर्ब ९ करोड बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २९९ अर्ब १ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर, १४ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १३ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर र २ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ४१ अर्ब ७७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्