८ श्रावण २०८३, शुक्रबार

१२ लाख ९० हजार ७४१ जना भरे आइएमई लाइफको आइपीओ



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ३ अर्ब ३४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात असार २५ गते साँझ ५:६ बजेसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरी सकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

कम्पनीको आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्