लक्ष्मी र सनराइजको बैंकको सम्पूर्ण सेवा दुई दिन बन्द हुने « Arthapath.com
१४ असार २०८२, शनिबार

लक्ष्मी र सनराइजको बैंकको सम्पूर्ण सेवा दुई दिन बन्द हुने



काठमाडौं । लक्ष्मी र सनराइज बैंकको बैंकिङ्ग सेवा दुई दिन बन्द हुने भएको छ । यी दुई बैंक एक आपसमार गाभिएर आगामी असार २९ गते एकीकृत कारोबार थालनी गर्दैछन् ।

सो प्रयोजनका लागि दुवै बैंकको असार २७ र २८ गते सम्पूर्ण सेवा बन्द हुने भएको हो । मर्जर सम्वन्धी डाटा सार्ने कार्यले सो अवधिमा सम्पूर्ण प्रणालीहरु बन्द रहने बैंकहरुले जनाएका छन् । यद्यपि, सम्पूर्ण वित्तीय सेवा बन्द रहेपनि क्रेडिट कार्ड सेवा भने चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्