७ श्रावण २०८३, बिहिबार

हकप्रद सेयर निष्कासन प्रस्ताव पारितका लागि ङादी ग्रुप पावरले बोलायो विशेष साधारण सभा



काठमाडौं । ङादी ग्रुप पावरले विशेष साधारण सभा साउन १४ गतेका लागि बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारितका लागि सभा आव्हान गरेको हो ।

सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

हकप्रदका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ । सभा प्रयोजनको लागि कम्पनीले साउन ४ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्