ग्लोबल आइएमई बैंकको यस्तो छ आजदेखि लागू हुने नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
बैंकले कर्जाको ब्याजदर भने प्रिमियममा ५ प्रतिशत थपिने जनाएको छ । यो प्रिमियम आधारदर जोडिनेछ ।
