यस्तो छ आजदेखि लागू हुने एनएमबि बैंकको नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९८ प्रतिशतदेखि अधिकतम ७.९८ प्रतिशत प्रदान गर्ने भएको छ ।
यस्तै, रेमिट्यान्स बचतमा भने ८.९८ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले व्यक्तिगत तर्फको मुद्दती खातामा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । संस्थागततर्फ भने बैंकले न्यूनतम ७.२५ प्रतिशतदेखि अधिकतम ७.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
